नेपाली कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरु,
माघ-१
काठमाडौँ - नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ ।
ललितपुरको कुपण्डोलस्थित बसेको उक्त बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

