नेपाली समय:

वि.सं २०८२ माघ ११   शनिवार

EnglishEN
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै,

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै,

माघ- ८ 

काठमाडौं -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम आज बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने बताइएको छ ।

१ दिन पहिले
हाम्रो आवाज