नेपाली समय:

वि.सं २०८२ माघ १५   बुधवार

EnglishEN
भन्सार नियमावली स्वीकृतिका लागि आज मन्त्रिपरिषदमा पेश हुने,

भन्सार नियमावली स्वीकृतिका लागि आज मन्त्रिपरिषदमा पेश हुने,

माघ-१२

काठमाडौँ -अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा रहेको बताएका छन्। भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको उनले बताएका छन।

 

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थीत गराउन भन्सार ऐन जारी गरिएको बताए ।

उनका अनुसार भन्सार ऐनलाई पूर्ण रुपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्ने उनले बताएका छन।

१ दिन पहिले
हाम्रो आवाज