भारतको दक्षिणी क्षेत्रमा भएको भारी वर्षाका कारण ६ जनाको मृत्यु,
बैशाख -३०
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भएको भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना ढलेपछि तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ। अरु केही घाइते भएका स्थानीय प्रहरीले बताएका छन्।
मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ।
स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना प्रकोपका कारण पीडित भएका छन्। तेज हावासहित भारी वर्षा सुरु भएपछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र पुगेका थिए।

