नेपाली समय:

वि.सं २०८३ आषाढ ३०   मंगलवार

EnglishEN
नेपाल विद्युत् प्राधिकरणकाे सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु,

नेपाल विद्युत् प्राधिकरणकाे सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु,

असार -३०

सुनसरी-नेपाल विद्युत् प्राधिकरण धरानस्थित कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुनसरीकाे इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गएराति सवारी दुर्घटना भएको थियो ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी गराएका छन।

दुर्घटनामा परी गाडी चालक धरान उपमहानगरपालिका–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए ।

दुवैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा घाइते एक जना उपचाररत अवस्थामा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

८ घण्टा पहिले
हाम्रो आवाज