नेपाली समय:

वि.सं २०८३ साउन २०   बुधवार

EnglishEN
रुसी मिसाइल आक्रमणमा १४ जनाको मृत्यु,

रुसी मिसाइल आक्रमणमा १४ जनाको मृत्यु,


साउन २० 
एजेन्सी-काठमाडौं- रुसले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत भीषण आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। यस वर्ष राजधानी किभमा भएका सबैभन्दा घातक आक्रमणमध्ये यो एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आक्रमण सुरु भएपछि एक घण्टाभन्दा बढी समयसम्म किभ र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको थियो। युक्रेनको किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले रुसले फेरि एकपटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन्। उनका अनुसार बोरिस्पिल जिल्लामा नौ, बुचा जिल्लामा चार र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको छ।

७ घण्टा पहिले
हाम्रो आवाज