नेपाली समय:

वि.सं २०८३ भाद्र ७   आइतबार

NepaliNP
स्ट्रेट अफ हर्मोज अमेरिकी क्षेत्र भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी,

भदौ- ६
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन्। दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन्।

सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन्। उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ। यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ।’

उनले अमेरिकाले होर्मुज क्षेत्रमा ‘पूर्ण नियन्त्रण’ गरेको दाबी गर्दै, ‘म अहिले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्छु,‘ भने। यसअघि संयुक्त आधार एन्ड्र्युजमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको नाकाबन्दीका कारण उक्त क्षेत्रमा पूर्ण नियन्त्रण रहेको र होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विचारलाई समर्थन गरेको बताएका थिए।

17 hours
हाम्रो आवाज