नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
कला प्रदर्शनी शुरु  

काठमाडौँ, २६ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान(नाफा) ले २९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आजदेखि कला प्रदर्शनी शुरु गरेको छ । नक्सालसस्थित प्रतिष्ठानको परिसरमा शुरु भएको उक्तमा प्रदर्शनीमा चित्रकला ९परम्परागत र आधुनिक० ७५, मूर्तिकला १९, फोटोग्राफी चार र लोककला चार गरी १०२ कलाकारका ११३ सिर्जना राखिएका छन् ।    
    
आगामी माघ १ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुभारम्भ गर्दै मुलुकको एकीकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेकाले नेपालीले सदैव उहाँलाई सम्मान गर्नुपर्ने जोड दिनुभयो ।      

प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई प्रवद्र्धन गर्न प्रदर्शनबाट सहयोग पु¥याइने विश्वास व्यक्त गर्नभयो । प्रदर्शनीका संयोजक तथा नाफाका सदसस्य सचिव विपीनकुमार घिमिरेले यस प्रदर्शनीबाट कलाकारको सीप उजागर भई उनीहरुलाई कला सिर्जनामा प्रोत्साहन अझ बढ्ने बताउनुभयो । रासस     

11 Jan 2020 , 9:12pm
हाम्रो आवाज