नेपाली समय:

वि.सं २०८३ भाद्र १२   शुक्रवार

NepaliNP
बाढी पिडितका लागि राहत सङ्कलन गर्न अर्थ मन्त्रालयद्वारा एक द्वार प्रणाली सञ्चालनमा,

भदौ -११

काठमाडौं - रसुवामा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि राहत संकलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन अर्थ मन्त्रालयले ‘एकद्वार प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूले अब अर्थ मन्त्रालयको प्रत्यक्ष समन्वयमा मात्र राहत हस्तान्तरण गर्नुपर्नेछ ।

राहत संकलनको यो प्रक्रियालाई चुस्त बनाउन मन्त्रालयले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्तिहरू समेत तोकेको छ ।

23 hours
हाम्रो आवाज