नेपाली समय:

वि.सं २०८३ भाद्र १२   शुक्रवार

NepaliNP
रसुवा बाढी अपडेट: हाल सम्म १६२ जनाको शव फेला,

भदौ-११

 

काठमाडौं- रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा पहिरो प्रभावित आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।

 

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

 

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदीको बहावसँगै विभिन्न जिल्लाका नदी तथा तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले मानिस, घर तथा भौतिक संरचना बगाएपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।

22 hours
हाम्रो आवाज