भदौ -१७
एजेन्सी -इरानले देशको दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा अमेरिकी वायुसेनाले वैवाहिक समारोह भइरहेको एउटा घरमा बमबारी गरेको आरोप लगाएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले यसलाई बर्बर आक्रमणको संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको जनाएका छन् ।
सिरीकका गभर्नर राजा शाहिदियानका अनुसार बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्, जसमा ५० जनाभन्दा बढी महिला र बालबालिका छन् । घाइतेहरूलाई नजिकैको मिनाब सहरको अस्पतालमा भर्ना गरिएको छ ।

