नेपाली समय:

वि.सं २०८३ भाद्र २३   मंगलवार

NepaliNP
एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा,


भदौ -२३
काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो । अदालतले मागेको धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका छन् ।

3 hours
हाम्रो आवाज