भदौ- २४
काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ।
अर्थ मन्त्रालयका अनुसार कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ। अमेरिकी डलरलाई प्रति डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात उक्त रकम पुगेको हो।

