नेपाली समय:

वि.सं २०८३ भाद्र २६   शुक्रवार

NepaliNP
तीन वर्षीय बालिका बलात्कार-हत्या प्रकरण : मुख्य प्रतिवादी सहित अन्य ९ जना रिहा,

 

 

भदौ-२६

 

काठमाडौं - तीन वर्षीया बालिकाको शरीर बन्धक बलात्कार र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतले मुख्य प्रतिवादी प्रोग्रेस चौधरी सहित अन्य नौ जनालाई रिहा गरेको छ। मुख्य प्रतिवादी प्रोग्रेस चौधरीलाई २० हजार रुपैयाँ धरौटी र अन्य प्रतिवादीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ।

 

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत दिन आदेश दिएको हो।

 

अदालतले तोकेको धरौटी वा जमानत बुझाउन नसके चौधरीलाई कानुनबमोजिम थुनामा राख्न वीरगन्जस्थित कारागार कार्यालयमा पठाउन निर्देशन दिएको छ।

 

यस मुद्दामा अभियोग लगाइएका अन्य नौ प्रतिवादीको हकमा भने तत्काल प्राप्त मिसिलमा अभियोग दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण नरहेको अदालतले ठहर गरेकोले साधारण तारिखमा रिहा गरिएको बताइएको छ।

 

 

1 hour
हाम्रो आवाज