असोज-५
काठमाडौं- आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
यस वर्ष ‘सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति युद्ध नहुनु मात्र होइन, सुरक्षित, सम्मानजनक र सहकार्यपूर्ण जीवनको आधार पनि हो। यस वर्ष स्थानीय तहमा शान्ति निर्माणमा योगदान गर्ने व्यक्ति तथा समुदायको भूमिकालाई विशेष जोड दिइएको छ।

