नेपाली समय:

वि.सं २०८३ आश्विन ७   बुधवार

NepaliNP
विपद् व्यवस्थापनसम्बन्धी विशेष संसदीय समित गठन,

असोज -६
काठमाडौँ - प्रतिनिधिसभाले जलवायु न्यायदेखि विपद् व्यवस्थापनसम्म अध्ययन गर्ने विशेष संसदीय समिति गठन गरेको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकले सो समिति गठन गरेको हो। हिमालमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद्पछिको पुनःस्थापनालाई दीर्घकालीन नीतिसँग जोड्न समिति गठन गरिएको थियो ।


बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम गठनका लागि प्रस्तुत गरेको विशेष समिति गठनसम्बन्धी प्रस्तावमाथि सर्वसम्मतले सहमति जनाएको हो। समितिलाई प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण र भविष्यको जोखिम न्यूनीकरणसँगै आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डा“गी, पुष्पराज क“डेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया गरी १५ सदस्य छन्। समितिले पहिलो बैठकले अध्यक्ष चयन गर्नेछ ।

13 hours
हाम्रो आवाज