नेपाली समय:

वि.सं २०८३ आश्विन ७   बुधवार

NepaliNP
कञ्चनपुरबाट १५ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ,

असोज-६

धनगढी - कञ्चनपुरबाट १५ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् ।

भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

 

 

13 hours
हाम्रो आवाज