नेपाली समय:

वि.सं २०८३ आश्विन ९   शुक्रवार

NepaliNP
दोभान बजार आगलागी १४ करोड ५६ लाख क्षति,

असोज -९
ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको हो ।

आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरु जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपियाँ मूल्य बराबरको क्षति भएको हो जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी गराएका छन्।
आगलागीमा परी घर सामानहरूका साथै नगद रकमसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

7 hours
हाम्रो आवाज