असोज- ९
काठमाडौँ- लगातार भइरहेको वर्षाका कारण लुम्बिनी बागमती प्रदेश लगायत देशभरको जनजीवन प्रभावित भएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको हो।
वर्षाका कारण काठमाडौँको अधिकांश खोलामा जलस्तर बढेको छ भने करिडोर सडकमा बिशेष सतर्कता अपनाइएको छ।
त्यस्तै देशका अधिकांश नदिहरुमा समेत जलस्तर बढेको छ भने पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

