नेपाली समय:

वि.सं २०८३ आश्विन १५   बिहीवार

NepaliNP
इराकबाट अमेरिकी सेना हट्दै,

असोज १४, 
एजेन्सि-एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ । इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनीतिक तथा सुरक्षा तनाव पनि बढाएको थियो ।

सन् २०१४ मा इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए । उक्त समूहले ठूलो संख्यामा मानिसको हत्या र विभिन्न हिंसात्मक गतिविधि गरेको थियो । इराकमा इस्लामिक स्टेट सन् २०१७ र सिरियामा सन् २०१९ मा पराजित भए पनि समूहका बाँकी सदस्य विरुद्ध कारबाही गर्न गठबन्धन सेना इराकमा रहँदै आएका थिए ।

14 hours
हाम्रो आवाज