असोज -१५
सिरहा : सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ सय किलोभन्दा बढी अवैध गाँजासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
गएराति करिब १ बजे सुखीपुर नगरपालिका-१० स्थित विश्वकर्मा चोक नजिकै गागन खोलाको पुलबाट उक्त गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मातहतको सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको हो।

