नेपाली समय:

वि.सं २०८३ आश्विन १७   शनिवार

NepaliNP
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१  सर्वसम्मतिले पारित,

असोज- १६

काठमाडौँ-राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१  सर्वसम्मतिले पारित भएको छ।

प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित पारित भई फिर्ता आएको उक्त विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो । आज शुक्रबार बसेको बैठकमा विधेयकमाथि विस्तृत छलफल पछि मन्त्री पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

यसरी विधेयक पारित भएसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार भएको हो।

12 hours
हाम्रो आवाज