असोज- १६
एजेन्सी
नयाँदिल्ली - भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गरेकाे छ ।
आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ ।
अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो । यसैबीच, विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने भएका छन् ।

