असोज -१८
काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आजदेखि सुरु हुने कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्।
कांग्रेसले पूर्वसभापति देउवालाई महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पठाए पनि उनी उपस्थि नहुने नेता डा. प्रकाशशरण महतले बताएका छन्।
पार्टी सभापति गगनकुमार थापाले पठाएको निमन्त्रणा देउवासम्म पुगे पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेबारे आफूहरूसँग कुनै कुराकानी नभएको महतले बताए।

