नेपाली समय:

वि.सं २०८३ आश्विन १९   सोमवार

NepaliNP
साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि हुथीको हमला,

असोज -१८
एजेन्सी-यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीले शनिबार टेलिभिजनमार्फत प्रसारित विज्ञप्तिमा समूहले रियादको दक्षिणमा रहेको अरामकोको तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको बताएका हुन्। उनका अनुसार हमलाले लक्षित क्षेत्रमा क्षति पुगेको र समूहले आफ्नो उद्देश्य पूरा गरेको दाबी गरिएको छ।

सारीले यो हमला यमनको राजधानी साना र अन्य क्षेत्रमा साउदी अरेबियाले गरेको हवाई कारबाहीको प्रतिक्रियामा गरिएको बताएका हुन्। उनका अनुसार पछिल्लो २४ घण्टामा हुथीको नियन्त्रणमा रहेका यमनका विभिन्न क्षेत्रमा करिब ६० वटा हवाई हमला भएका छन्।

15 hours
हाम्रो आवाज