नेपाली समय:

वि.सं २०८३ आश्विन १९   सोमवार

NepaliNP
आज चार वटा संसदीय समितिको बैठक बस्दै,

असोज-१९

काठमाडौँ-आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनोट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यसैगरी बिहान साढे १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बस्ने छ । उक्त बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याहरू सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । 

6 hours
हाम्रो आवाज