नेपाली समय:

वि.सं २०८३ आश्विन १९   सोमवार

NepaliNP
युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण,

असोज - १९

काठमाडौं - युक्रेनको राजधानी किभमा रुसले लगातार चौथो दिन ड्रोन आक्रमण गरेको छ। रुसी सेनाले सहरका दुई महत्त्वपूर्ण पुललाई निशाना बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

आइतबार बिहान पिवनिच्नी उत्तरी पुलमा लगातार दोस्रो दिन आक्रमण हुँदा दुई जना घाइते भएका छन्। यसअघि गत साता पिवदेन्नी दक्षिणी पुलमा पनि पटक–पटक आक्रमण भएको थियो।

जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनलाई समर्थन जनाउन किभ पुगेकै बेला पछिल्लो आक्रमण भएको हो। रुसले किभसहित युक्रेनका अन्य क्षेत्रमा पनि आक्रमण तीव्र पार्ने जनाएको छ।

6 hours
हाम्रो आवाज