असोज -२२
काठमाडौं - भारतीय दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतको गोवास्थित डोना पाउलास्थित उनकै निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो।
अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। तर, कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डाक्टर शेखर सालकरले जानकारी दिए।
बलिउड अभिनेताको रूपमा सक्रिय नाना ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रबाट चर्चा पाएका थिए।

