असोज -१८
सुदूरपश्चिम -सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बस्ने बैठक अन्तिम समयमा स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ः०० बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ः०० बजे बस्नेगरी समय निर्धारण गरिएको जानकारी गराएका छन्।

