असोज-२९
काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका फरार प्रतिवादी बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन् ।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेको हो ।
थापाको साथबाट दुई थान पेस्तोल, तीन म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

