नेपाली समय:

वि.सं २०८३ कार्तिक २   आइतबार

NepaliNP
दशैं विदामा पनि अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन,


असोज -३१
काठमाडौँ-स्वास्थ्य मन्त्रालयले दसैँ बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित रूपमा सुचारु राख्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

दसैँ बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ। बिरामीलाई उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा अन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा राख्नसमेत निर्देशन दिएको छ।

13 hours
हाम्रो आवाज