नेपाली समय:

वि.सं २०८३ कार्तिक ३   सोमवार

NepaliNP
भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु,

 

कार्तिक -१

भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा १२ जनाको मृत्यु भएको छ। भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

भारतीय प्रहरी अधिकारीका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो।

19 hours
हाम्रो आवाज