नेपाली समय:

वि.सं २०८३ कार्तिक ७   शुक्रवार

NepaliNP
तिब्बतमा ७.० म्याग्निच्युटको भूकम्प: १६ जनाको मृत्यु,

कार्तिक- ६

एजेन्सी-चीनको दुर्गम तिब्बत क्षेत्रमा गएराति गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । गएराति १०ः३३ बजे गएको ७ रेक्टर स्केलको भूकम्पपछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने राहत कार्य पनि जारी छ ।

चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले सार्वजनिक गरेको दृश्यमा भूकम्पपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको र सुपरमार्केटका सामानहरू दराजबाट खसेको देखिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

 

4 hours
हाम्रो आवाज