कात्तिक ८,
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका श्रीमान मृत भेटिएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मिथिलेश्वर माइतीमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादव र आफ्नो चारवर्षीय छोरा माथि धारिलो हतियारले प्रहार गरी फरार भएका ३५ वर्षीय उमेश यादव घरभन्दा करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
धारिलो हतियार प्रहार गरी घाइते भएका छोरा उपचाररत अवस्थामा रहेका छन् भने श्रीमतीको मृत्यु भइसकेको छ।
उमेश यादवको घर पनि मिथिला बिहारी नगरपालिका वडा नं ४ भरतपुरमा रहेको छ । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।

