नेपाली समय:

वि.सं २०८३ कार्तिक ९   आइतबार

NepaliNP
साउदीको इस्ट–वेस्ट तेल पाइपलाइन माथि आक्रमण गरेको दाबी,

कार्तिक - ८

काठमाडौं - यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइन र विभिन्न विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् ।

हुथी प्रवक्ता याह्या सहरीले आफ्नो पछिल्लो वक्तव्यमा साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रमा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार यान्बुस्थित साउदी अरामकोको संरचना, राबिग तेल प्रशोधन केन्द्र र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको थियो ।


त्यसैगरी, दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतस्थित एक हवाई सैन्य अखडामा समेत आक्रमण गरिएको हुथी प्रवक्ताले दाबी गरेका छन् । हुथीका यी दाबीबारे साउदी अरबले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथी विद्रोहीले प्रहार गरेका र हावामै अवरोध गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रका अवशेष मक्काको वादी अल–मुग्मास क्षेत्रमा खसेको जनाएको छ । मन्त्रालयका अनुसार जिद्दा, ताइफ र राबिग क्षेत्रमा पनि क्षेप्यास्त्रका अवशेष भेटिएका छन् ।

2 hours
हाम्रो आवाज