नेपाली समय:

वि.सं २०८३ कार्तिक ११   मंगलवार

NepaliNP
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न ग्यास उद्योगीलाई आयल निगमको निर्देशन,

कार्तिक - ९

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अबदेखि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।

आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो आएपछि उक्त कदम चालिएको निगमले जनाएको छ । सोही गुनासोलाई सम्बोधन गर्दै निगमले विक्रेतामार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
 

19 hours
हाम्रो आवाज