नेपाली समय:

वि.सं २०८३ कार्तिक १४   शुक्रवार

NepaliNP
चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव:हवाई उडान सुरक्षामा सतर्कता अपनाउन आग्रह,

कार्तिक -१२

काठमाडौं। चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा समेत मौसमको असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिकूल मौसमका कारण उडानमा ढिलाइ हुनुका साथै समयतालिका परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलसँग सम्पर्क गरी उडानको पछिल्लो अवस्था बुझ्न प्राधिकरणले अनुरोध गरेको छ।

19 hours
हाम्रो आवाज