नेपाली समय:

वि.सं २०८३ कार्तिक १५   शनिवार

NepaliNP
उत्तर कोरियाद्वारा एआइयुक्त ड्रोन र रकेट प्रदर्शन,


कार्तिक -१३
सियोल । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ । नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन् ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए । ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका साथ प्रहार गरेको उत्तर कोरियाको दाबी छ ।

प्रदर्शनीका क्रममा ६०० मिलिमिटरका रकेट तथा ड्रोनबाट दक्षिण कोरियाली सैनिक चौकी र अमेरिकी एम१ अब्राम्स ट्याङ्कका नमूना लक्ष्यमा आक्रमण गरिएको तस्बिर सार्वजनिक गरिएको छ ।

 

1 day
हाम्रो आवाज