नेपाली समय:

वि.सं २०८३ कार्तिक १६   आइतबार

NepaliNP
मुस्ताङ भन्सार कार्यालय बाट साढे तीन महिनामा ११ अर्ब ४५ करोड राजस्व सङ्कलन,

कात्तिक-१५

मुस्ताङ-कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व सङ्कलन गर्न सफल भएको भन्सार अधिकृत अमिन्द्र सिंहले जनाएका छन्। 

भन्सार अधिकृत सिंहका अनुसार चालु वर्षको साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा कोरलानाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्यबराबरको मालवस्तु आयात भएको हो ।

2 hours
हाम्रो आवाज