नेपाली समय:

वि.सं २०८३ कार्तिक २५   मंगलवार

NepaliNP
तिहारमा २४ औं घन्टा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको निर्देशन,

 

 

कार्तिक -२४

काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै गृह मन्त्रालयले देशभर २४ औं घण्टासम्म देउसी–भैलो खेल्न पाइने  जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार (कात्तिक २३ गते) गरेको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै परम्परागत देउसी–भैलो कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न आग्रह गरेको हो।

मन्त्रालयको पत्रमा नेपाली मौलिक कला, संस्कृति र परम्पराको प्रवर्द्धन तथा सामाजिक सद्भाव कायम हुने गरी अनुशासित र मर्यादित ढङ्गले देउसी–भैलो खेल्ने वातावरण बनाउन भनिएको छ।

11 hours
हाम्रो आवाज