नेपाली समय:

वि.सं २०८३ कार्तिक २९   शनिवार

NepaliNP
मकवानपुर भीमफेदी दुर्घटना अध्ययनका लागि छानबिन समिति गठन,

कार्तिक-२७

भीमफेदी – मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न समिति गठन गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जनाएका छन् ।

14 hours
हाम्रो आवाज