कार्तिक-२७
काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको अन्त्यमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप शुक्रबार एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएर नयाँ मूल्य समायोजन भएको छ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ। यससँगै आजका लागि सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँमा झरेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको थियो।

