नेपाली समय:

वि.सं २०८१ बैशाख १७   सोमवार

NepaliNP
वर्षाले रु १७ करोडको इँटा नष्ट   

वीरगञ्ज, ६ माघ : लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामविनोद साहले राससलाई बताउनुभयो ।    
    
 अध्यक्ष साहले भन्नुभयो, “पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा भट्टामा कम्तीमा रु १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।” पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटा बेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।    
    
 

20 Jan 2020 , 1:49pm
हाम्रो आवाज