नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
कार्गाेलाई सुरक्षित बनाउन जोड   

    
ललितपुर, ७ माघ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जमीन भरिँदै गएको अवस्थामा अब हवाईमार्ग, स्थलमार्गका साथै रेलमार्गको उत्तिकै प्रयोग हुन जरुरी भएको बताउनुभएको छ ।    
    
उद्योग मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समितिले सोमबार यहाँ आयोजना गरेको ‘२३औँ  वार्षिकोत्सव तथा रसद २०७६ विमोचन कार्यक्रम’मा उहाँले यी विभिन्न माध्यम अपनाउन मुलुकले आफ्नो राज्यभित्र आन्तरिक व्यवस्थापन मिलाउनुका साथै मित्र राष्ट्रसँग पनि सो कुराको व्यवस्थापनमा मजबुत सम्बन्ध बनाउन अति नै जरुरी रहेकामा जोड दिनुभयो ।    
    
सो अवसरमा उद्योग राज्यमन्त्री मोतीलाल दुगडले वैदेशिक व्यापारलाई सहजीकरण गरी अघि बढ्दा नेपाललाई फाइदा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको सिमानादेखि चीनसम्म पुग्ने विकल्प खोज्न जरुरी छ ।” समितिका सभापति वैकुण्ठप्रसाद अर्यालले विगतमा भएको समितिको भूमिका हाल समयानुसार परिवर्तन हुँदै आएको बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “भारतसँग भएको जलमार्ग निर्माण सहमतिको दायरा अहिले थपिएको छ । अब समितिले व्यापारजन्य पूर्वाधार निर्माणमा सहजीकरण गर्न, मुलुकमा रहेका अन्न भण्डारण गोदाम बढाउन, गुणस्तरीय यातायातको सुविधा बढाउन, कार्गाेलाई सुरक्षित बनाउन आवश्यक रहेको छ ।” समितिले हाल भारतीय पक्षसँग व्यापारको लागत घटाउने विषयमा छलफल गरिरहेको अर्यालले जानकारी दिनुभयो ।    
  

21 Jan 2020 , 10:11am
हाम्रो आवाज