नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
राजपा सँगको सहकार्य राम्रो शुरुआत : उपप्रधानमन्त्री पोखरेल   

महोत्तरी, ११ माघ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा ) बीचको सहकार्य राम्रो शुरुआत भएको बताउनुभएको छ ।    
 बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै उहाँले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भन्नुभयो ।    
    
“राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नु पर्दछ ।”    
    
कार्यक्रममा नेकपाका प्रदेश नं २ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गर्नुभएको थियो ।    
    
नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।    
 

25 Jan 2020 , 9:44pm
हाम्रो आवाज