नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
माेबाइलबाटै भन्सार पास गर्न सकिने माेबाइल एप

काठमाडौं, १२ माघ : माेबाइलबाटै भन्सार पास गर्न सकिने माेबाइल एप सार्वजनिक भएकाे छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनकाे उद्घाटन गरे ।

नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए ।

एन्ड्रयुईडकाे प्लेस्टाेरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटाेमेसनमा गएकाे महानिर्देशक दाहालकाे भनाइ थियोे ।

नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गाेजीमा पुगेको बताए ।

यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबाेर्ड पनि कार्यनयनमा ल्याएकाे छ । ड्यास बाेर्डबाट अब प्रत्येक्ष ठूला नाकाकाे राजश्व संकलनकाे जानकारी राजश्वकाे अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।

26 Jan 2020 , 11:55am
हाम्रो आवाज