नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
   अपाङ्गतामैत्री प्रदेश बनाउने–मु्ख्यमन्त्री राई   

विराटनगर, १३ माघ : प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताउनुभएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आज यहाँ शुुभारम्भ गर्नुहुँदै उहाँले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।    
    
उहाँले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।    
    
प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताउनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।    
    
करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुुग्ने बताउनुुभयो । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ ।     
    
 पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नुु हुुने ओखलढुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो । रासस   

27 Jan 2020 , 8:06pm
हाम्रो आवाज