नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
   राष्ट्रव्यापी अभियान घोषणा   

काठमाडौँ, १५ माघ : ‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ । हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले आज यहाँ पत्रकार सम्मेलन गरी ‘म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरेको हो । विदेशीको अनुदानभन्दा सवा तीन करोड नेपाली आफैँले मात्र एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सकिन्छ भन्ने उद्देश्यले अभियानको घोषणा गरिएको अभियन्ता नरेन्द्र देउजाले जानकारी दिनुभयो ।    
    
उहाँले नेपालमा विदेशीको चलखेल बढिरहेकाले देशलाई विखण्डनतिर लग्न लागेको आशङ्का व्यक्त गर्दै नेपाली आफैँले मुलुक समृद्ध बनाउनसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी र राजनीतिक दलको खिचातानीका कारण देश झन गरिब हुँदै गएको छ, तीन करोड नेपालीले यदि एक÷एक रुपैयाँ मात्र दिए पनि नेपाल समृद्ध हुनेछ ।”    
    
अभियानकर्मी भैरवबहादुर कार्कीले मुलुकमा व्याप्त गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी र महामारीका रुपमा बढ्दै गएको भ्रष्टाचारको उन्मूलन गर्नु अभियानको मुख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानमार्फत म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले भन्ने अभियानमा नेपाल आमाको माटो छोएर कसम खाँदै अगाडि बढौँ त कसरी बन्दैन हाम्रो राष्ट्र तर त्यसका लागि दृढ सङ्कल्प लिएर इमान्दारिता, नैतिकता र अनुशासित भई आगडि बढ्नुपर्ने हुन्छ ।”    
 

29 Jan 2020 , 7:27pm
हाम्रो आवाज