नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
  प्रम ओलीद्वारा कतारी प्रमलाई बधाई  

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।    
    
प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई आज एक बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गर्नुभएको छ ।   

30 Jan 2020 , 9:59pm
हाम्रो आवाज