नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
   दिल्लीको मतगणना जारी : आम आदमीको अग्रता   

नयाँ दिल्ली, २८ माघ : भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारी अग्रता कायम गरेको छ ।    
    
दिल्ली चुनाव आयोगद्वारा घोषित आधिकारिक विवरण अनुसार आपका उम्मेदवारहरु ५८ स्थानमा अग्रता कायम गरिरहेका छन् । कूल ७० सिट रहेको दिल्ली विधानसभामा भारतीय जनता पार्टी (भाजपा)ले १२ स्थानमा अग्रता बनाइरहेको छ । भारतीय राष्ट्रिय काँग्रेसका कुनै पनि उम्मेदवारले अग्रता बनाउन सकेका छैनन् ।    
    
मुख्यमन्त्री अरविन्द केजरीवाल भाजपाका सुनिल कुमार यादवलाई पाँच हजारभन्दा बढी मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ । आपका प्रमुख नेताहरुले विपक्षीको भन्दा भारी मतान्तरले अग्रता कायम गरिरहेका छन् तर उपमुख्यमन्त्री मनिष सिसोदिया भाजपाका उम्मेदवारभन्दा झिनो मतान्तरले पछि पर्नु भएको छ ।    
    
दिल्लीमा गत शनिबार मतदान भएको थियो । चुनावी मतसर्वेक्षण र प्रारम्भिक चुनावी मतपरिणामले आप र भाजपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । रासस-एएनआई   
 

11 Feb 2020 , 5:03pm
हाम्रो आवाज